Friday, June 24, 2022

मेरा बा मेरा असल साथी

 


तपाईलाई थाहा छ, केहि कुराहरु हुँदा रहेछन, जुन सत्य भए नि पत्यार नलाग्ने ! खै कुन्नि किन हो – आफ्नै आँखा अघि, आफ्नै सामुन्नेमा भएको घटना तर नि अह विश्वास नै हुँदैन ! जबरजस्त विश्वास गर्नु परेको छ – यो सत्यता लाइ !  सम्झी सम्झी रुन मन लाग्ने ! मनै त हो ! सत्य अनि आफ्नै सामु भएको घटना लाइ विश्वास गर्न ÷ पत्याउन नसके पछी ... मन त्यसै भाच्चिएर भक्कानिदो रहेछ ... नसुक्ने हिम नदि झैँ घरि घरि नयन देखि शयन सम्म रुझ्ने आशुको दलिन असार साउनको भेल भै आइदिदो रहेछ – आफैले थाहै नपाइ !

जव बा हास्दा हाँदै हिड्दा डुल्दै यो संसार छाड्नु भयो.. लाग्यो पुरै संसारै अँधेरो भो ! सपना हो कि यो विपना हो ? अब मैले बुवा भनेर वोलाउन पाउने छैन ! कसलाई बुवा भन्ने ? अब हाम्रो बा’ रहनु भएन ! अब मेरो परिचय बदलिएको छ – टुहुरो झैँ भएको छु ! होइन होला ... मेरो बा’ अझै जीवित हुनु हुन्छ हैन कतै हुनु हुन्छ होला ... यस्ता कुराहरुले  वि.स. २०७४ सालदेखि मेरा मानसपटलमा हरदम बुझाइरहन्छ !

हरेक कुरामा आफुलाई केयर र मोटिभेट गर्ने मेरा बा’लाई म उहाको सामिप्यमा त्यति नरहे पनि  केहि वर्ष अघि देखि मैले उहा लाइ केयरिंङ्ग र मोटिभेट गर्दै आएको थिए ! जस्तो कि ... मान्छेका छोरा छोरी लाई बा आमाले कति सम्झाउनु पर्छ ... यस्तो गर, उस्तो नगर भनेर ..अनि तर म त उल्टै पो बा’लाइ सम्झाइ–बुझाई गर्थे,  तपाइले दुःख मान्ने कुरै छैन नि ! आफ्नो  स्वास्थ्यको ख्याल गर्नुस है.. वढी चिन्ता नगर्नु  ...
       मेरा बाट पहिलेदेखि नै दुखमा खेल्दै हुर्कदै आएका रे ९ बर्षको हुँदा आमा गुमाएका मेरा बा निकै सोझो र इमान्दार । बा का नि आफ्नै इच्छाहरु थिए म सँग टाढा टाढा घुम्न जाने । जिस्तोः प्लेन चढेर यात्रा गर्ने, मर्नु अघि छोरीको (म) को विहे गर्न पाए ढुक्क हुने थिए अरु सबैको भो .. आदि आदि ! थाहा छैन कसरी उहा अक्सर भन्ने गर्नु हुन्थ्यो ५०–५५ को हाराहारीमा मर्छु भनेर !

बा चाडै चढे तर प्लेन होइन भगवानको घर जाने यात्रामा । बा का सपना म सँग घुम्ने सबै अधुरै रह्यो । म सँग देश डुल्न बा जान सक्नु भएन .. जुन उहाको इच्छा अधुरै रह्यो तर आमा लाई मात्रै भए’नी प्लेन चढाएरै छोडे । उपचारकोे बहानामा ।।    
बा मलाई बारम्बार भन्ने गर्नुहुन्थियो अब म धेरै बाच्दीन होला विहे’गर भन्नु हुन्थ्यो तर म भने उमेर, करिअर आदि कारण देखाउदै पन्छिदै आएकीे थिए ... मलाइ लाग्दैन थियो बा’ यदि चाडै दिवंगत हुनु होला भनेर ।
मेरा बा तेसो त उमेर र स्वास्थ्य अवस्था हेर्दा त्यस्तो नाजुक पनि थिएन ! तर उहा भन्ने गर्नु हुन्थ्यो ५०–५५ को हाराहारीमा मर्छु भनेर – तर यो भने ठ्याकै भयो उहा ५४ वर्ष पुरा मात्र हुन् पाउनु भयो !
        मेरा बा का ६ सन्तानपछिको लास्टमा जन्मिएकी म । अहिले नि ३ दाजु दिदी नभए नि २ दाजु र एक दिदि हुनुहुन्छ अरुको लागि त कतिको हुनु हुन्थ्यो त्यो त थाहा भएन तर मेरो लागि भने हौसला र प्रेरणादायी नै हुनु हुन्थ्यो मेरा बा भन्ने कुरा कुनै दुइमत थिएन !
थाहा छैन मेरो कारणले मेरा बा’ जीवनमा कतिको खुशी हुनु भएको थियो भनेर तर दुःख नदिए पनि प्रत्यक्ष रुपमा मेरै कारणले औधि छाती चौडा पार्ने गरि खुशी हुनु भएको मैले देख्या थिए ।    
       बाको सबै भन्दा प्यारो सन्तान म नै थिए ! हुन् त कुनै पनि अभिभावकले आफ्ना सबै सन्तान लाई समान नै ठान्लान तर नि पहिलो प्राथमिता भने मैले पाउने गर्थे ! सायद कान्छी छोरी परेको ले पो हो कि ?  काममा पनि धेरै नै जोगिन्थे !  तर बासँग लामो समय सँगै विताउने सौभाग्य भने कहिल्यै पाइन् मैले !        
  अहिले समय गतिशिल हुँदै आफ्नै दौडमा दोडी रहेको छ । यति बेला बासँग विताएका पलहरु, उहाको आदत र उहाले भन्ने गरेका कुराहरु अब सम्झनामा मात्र छन् !   
तेसो त औशीको छेको पार्दै बाको मुख हेर्ने दिन भनेर छुट्याईदिएका छन् हाम्रा पौराणिक हिन्दु धर्मग्रन्थले । समाज व्यवस्था विकसित हुँदै जाँदा मानिस विवेकशील प्राणी भएकैले आफ्ना बुद्धि विवेक कल्पनाको मूर्त रुप दिने क्रममा परिवार पहिलो प्राथमिकताभित्र पर्यो । लाग्छ नि बा आमा सन्ततीका जन्मदाता हुन् र सधैं छोराछोरीको लागि बा आमा दिवस भनेर । तर पनि संगै रहँदा बस्दा बा आमाको मूल्यमा हृास आयो कि भनेर फेरि झसङ्ग बनाउन र एकैदिन भएपनि बा आमासंग मुख हेराहेर गर्न भनेर पो यस्तो चाड राखियो कि । खै जे होस आमाको मुख हेर्ने दिन अनि बाको मुख हेर्ने दिन भनेर वर्षमा एकचोटि यो संस्कृति मनाउँछौं हामी ।

आमाहरुका प्रसव लगायतका शारीरिक वेदना र सामाजिक बिभेदका वेदना एकातिर पन्छाएर बाहरुका बा हुनुका वेदना पनि के कम होलान र ? हिन्दु संस्कतिको समाजका निम्नवर्गीय ब्राम्हण समुदायमै पनि बाहरुले जीवनका कठिन समय भोगेकै हुन् । पुरुष हुनुले एकप्रकारको जिम्मेवारीको बोझ उठाएकै हुन् बाहरुले । पुरुष हुनुको गलत सुविधालाई अप्नाएर कतिपयले परिवारमा श्रीमती र छोराछोरीलाई दुःख दिदा बाप्रति निराशभाव आउने सन्तान पनि हाम्रो समाजमा थुप्रै छन् । तर समग्रमा हेर्दा सन्तानका लागि बा आमा उतिकै अर्थ राख्छन् ।  

एक आम मान्छे, त्यसमाथि पनि जीवन गुजारा गर्नको लागि संघर्ष गर्नुपरेको मान्छेभित्र त्यो मान्छे हुन् मेरा बा जस्तो सुकै उतार चढाव र स्वभाव हुन्छन ती मेरा बामा पनि थिए । भावुक, दयालु, प्रष्ट र ठूलो आवाज यी हाम्रा बाका विशेषता हुन् । साना बालबालिकालाई माया गर्ने छुट्टै विशेषता बाबाट मैले नै सिकेकी हुँ ।
मेरा त बा छैनन,,,,, यदि तपाईका बा छन् भने, बासँग कुरा गरौं, बालाई प्रश्न गरौं । बालाई सहयोग गरौं, बासँग पनि सहयोग मागौं । यति गर्दागर्दै बालाई सम्मान पनि गरौं । यसो गर्दा  जीवन चक्र घुमाउन सहज हुनेछ । कुशे औंशी आउँदै गर्दा बुवाको मुख हेर्ने दिनको सबैलाई धेरै धेरै शुभकामना ।



No comments:

Post a Comment