Monday, May 23, 2022

सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल

कोरोना कहरपछि चितवनको सौराहामा आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ । करिब दुई बर्षदेखि सुस्ताएको नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा यतिबेला आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको छ । कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोनको प्रभाव कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरुको भीडभाड बढ्दै गएको हो ।

आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेको होटल व्यवसायी एवं पार्क सफारी रिर्सोटका प्रबन्ध निर्देशक महेश खनाल बताउँछन्। होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्ने समय थप गरेर भएपनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका हुन् । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिने व्यवसायी खनालले बताए।

गाँस, बास र कपासको आवश्यकतापछि अर्को मानवीय आवश्यकता हो, मनोरञ्जन । जीवनमा हरेक
मान्छेले मनोरञ्जन लिने तरिका फरकफरक हुन्छ । ती मनोरञ्जनका तरिकाहरु मध्ये एक हो, भ्रमण । पछिल्लो समय नेपालीहरूले  व्यस्त जीवनबाट केही समयको लागि छुटकारा पाउन मनोरञ्जनका लागि भ्रमण गर्ने, नयाँ नयाँ ठाउँहरु घुम्ने चलन बढिरहेको छ । अलिकति छुट्टीको समय सदुपयोग गर्न पनि देशभित्र कै विभिन्न स्थानहरुमा आन्तरिक भ्रमण गर्न नेपालीहरु जाने क्रम बढ्दो छ ।

“नजिक पनि, रमाइलो स्थान पनि । यहाँको प्राकृतिक विविधताले नै मन आनन्द बनाउँछन्, नत्र अन्त घुम्न कहाँ जाने ? उनले भने ।

त्यस्तै प्रकृतिमा आधारित पर्यटकहरुको संख्या पनि बढ्दै गइरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, जैविक विविधताले भरिपूर्ण पर्यटकीय हब नै बनेको छ । जल, जंगल र जनावरको संगमस्थल हो, पर्यटकीय नगरी सौराहा । जहाँ एकसिंगे गैडा, बाघ, हात्ती लगायतका अन्य जंगली जनावरको बाक्लो बासस्थान छ ।

प्राकृतिक स्रोतले भरिपूर्ण भएको स्थान मध्ये एक हो, चितवन राष्ट्रिय निकुञ्ज । अहिले गर्मी बढ्दै रहँदा आन्तरिक पर्यटकले भरिभाउ नै हुन्छ सौराहा । भ्रमण गर्न लायक स्थानहरु मध्ये एक हो चितवनको सौराहा । काठमाडौं र पोखरापछि, सौराहा देशकै तेस्रो प्रमुख गन्तव्य बनेको छ। प्रकृतिसँग नजिक हुन चाहने जो कोहीलाई सौराहाले तान्छ। मनै लोभ्याउँछ ।

यतिबेला जंगल सफारीमा आधारित पर्यटकहरुको रोजाइ चितवनको सौराहा बन्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरका मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, डुङ्गा सफारी, जीप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिंगे गैंडा, बाघ, भालु, जरायो, मृग, चितवन, कालिज, मयुरलगायतका चराचुरुङ्गी हेर्नका लागि पर्यटकहरु सौराहा आउने पर्यटन व्यवसायी खनालले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार कात्तिक महिनापछि सबैभन्दा पर्यटकका लागि भ्रमण गर्ने सिजन भएकाले भीडभाड बढ्ने गर्छ । न जाडो न त गर्मी मौसम भएकाले पनि यतिबेला नजिकैको घुम्न जाने ठाँउ सौराहा बनेको छ । शुक्रबार र शनिबार ९० प्रतिशत भन्दा बढी अकुपेन्सी हुने तथा अरु बेला पनि ५० प्रतिशतको हाराहारीमा होटल बुकिङ हुने गरेको पर्यटन व्यवसायी खनाल बताउँछन् । “नजिक पनि, रमाइलो स्थान पनि । यहाँको प्राकृतिक विविधताले नै मन आनन्द बनाउँछन्, नत्र अन्त घुम्न कहाँ जाने ? उनले भने ।

सौराहामा पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरण भइरहेको दृश्य अवलोकनको लागि विभिन्न स्थानहरूमा टावर निर्माण, जीप सफारी, पैदल यात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवाहरू निरन्तर उपलब्ध छन् । सौराहा संग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको शुरुवात र सञ्चालनले पर्यावरण–पर्यटन व्यवसाय प्रबद्र्धनमा टेवा पुगेको छ ।

व्यवसायीहरू पर्यटकलाई सेवा र मनोरञ्जन दिन प्रतिस्पर्धात्मक रूपमै लागिपरेका छन् । सौराहामा वर्षैभरि नै घुम्न सकिन्छ । त्यसैले सौराहा घुम्न कम्तिमा दुई रात छुट्टयाउनु पर्छ। मनसुनको हरियालीमा जंगलमा धेरै जनावर देख्न सकिन्छ। सौराहासम्म देशका धेरै भूभागबाट यातायात साधनमा जान सकिन्छ। सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन् ।

सौराहा, घटगाई, कसरा, वनकट्टा, भिम्ले ९मेघौली०, कुजौली, लौखानी र अमलटारी गरी ८ स्थानबाट पर्यटकहरूले निकुञ्ज प्रवेश गर्ने सुविधा पाईरहेकोमा चालु बर्षदेखि बगई माडी सेक्टरबाट पनि पर्यटकहरूले प्रवेश गर्नुका साथै जंगल ड्राईभ गर्ने व्यवस्था निकुञ्जले मिलाएको छ । निकुञ्जका अनुसार सौराहा प्रवेशद्वारबाट सबैभन्दा धेरै ८५५ पर्यटकहरू निकुञ्ज भित्र प्रवेश गरेको देखिन्छ भने राप्ती पुलगेट कसराबाट ८५ पर्यटकहरूले, मेघौलीबाट ५५ र अमलटारी प्रवेशद्वारबाट २५ प्रतिशत पर्यटकरु निकुञ्ज प्रवेश गरेको छ भने अन्य प्रवेशद्वारबाट पनि पर्यटकहरू निकुञ्ज प्रवेश गरेको तथ्याङ छ ।

No comments:

Post a Comment