Thursday, June 12, 2025

भान्साको गरम मसला गर्मीयाममा हानीकारक हुन सक्छ, यसरी प्रयोग गर्नुहोस्

घर होस् वा होटल, शाकाहारी होस् वा मांसाहारी... धेरैजसो परिकारमा गरम मसला प्रयोग गरिन्छ। यो मसला परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ।

भान्सा मसलाको भण्डार हो, विभिन्न प्रकारका यी मसलाहरू केवल औषधीय गुणहरूका लागि मात्र परिचित छैनन्, तर यसले परिकारलाई स्वाद पनि दिन्छ। भाँडामा यी मसलाहरूको सुगन्धको लागि सबै पागल छन्। 

यस्तै एउटा मसला हो गरम मसला। धेरै मसलाहरू पिसेर तयार पारिएको यो मसला बिना भान्सा अपूर्ण देखिन्छ र परिकारको स्वाद फिक्का लाग्छ। तर यो मसला गर्मीमा समस्या बन्न सक्छ। गर्मीमा यो मसलाको कारणले कस्ता समस्याहरू सामना गर्न सकिन्छ भनेर जानौं...

गरम मसलाको प्रयोग

घर होस् वा होटल, शाकाहारी होस् वा मांसाहारी... धेरैजसो परिकारमा गरम मसला प्रयोग गरिन्छ। यो मसला परिकारको स्वाद बढाउन प्रयोग गरिन्छ। यो मसलाको सुगन्ध यस्तो हुन्छ कि टाढा उभिएको व्यक्तिले पनि र्‍याल निस्कन थाल्छ। उसले परिकारको स्वाद लिनबाट आफूलाई रोक्न सक्दैन।

गरम मसला कसरी तयार गरिन्छ ?

गरम मसलामा धेरै प्रकारका मसलाहरू समावेश हुन्छन्। यसमा कालो मरिच, जीरा, धनियाँ, ल्वाङ, अलैंची, दालचिनी, जायफल, गदा, तेजपात आदि समावेश छन्। कहिलेकाहीँ यस मसलामा सौंफ, रातो खुर्सानी वा कालो अलैंची पनि थपिन्छ। गरम मसला बनाउन प्रयोग हुने धेरैजसो मसलाको तातो प्रभाव हुन्छ। यस्तो अवस्थामा गर्मीमा यो मसलाको अत्यधिक सेवनले शरीरमा असर गर्न सक्छ। स्वास्थ्य बिग्रन सक्छ।

गरम मसलाको यो प्रभाव गर्मीमा देख्न सकिन्छ

छाती पोल्ने: यदि तपाईंले गर्मीमा धेरै गरम मसला खानुभयो भने, यसले एसिडिटीको समस्या निम्त्याउन सक्छ। जसको कारणले गर्दा छातीमा पोल्नुका साथै छाती पोल्ने समस्याको सामना गर्नुपर्ने हुन सक्छ।

पाचन बिग्रन सक्छ: गरम मसलाले गर्मीमा पेटको पाचन प्रणालीलाई बिगार्न सक्छ। यस्तो अवस्थामा, यसलाई सीमित मात्रामा प्रयोग गर्नु उचित हुन्छ।

पाइल्स: गर्मीमा अत्यधिक गरम मसलाले शरीरमा पायल्सको समस्या निम्त्याउन सक्छ। यदि पहिले नै यस्ता कुनै लक्षणहरू छन् भने, यसको सेवनबाट बच्नुपर्छ। अन्यथा समस्या बढ्न सक्छ।

मुख स्वास्थ्य: गरम मसलाको अत्यधिक सेवनले मुख स्वास्थ्य बिगार्न सक्छ। यसका कारण गिजाको समस्या पनि हुन सक्छ। जस्तै सुन्निने, दुख्ने र गिजामा संक्रमण हुने आदि। यद्यपि, सीमित मात्रामा गरम मसला सेवन गर्नाले दाँतबाट गुफाहरू हटाउन मद्दत गर्न सक्छ।


वान्ताको समस्या
: खुर्सानी, ल्वाङ, धनियाँ, ठूलो अलैंची र सानो अलैंची जस्ता गरम मसलाहरू अत्यधिक प्रयोग गर्दा स्वास्थ्यको लागि हानिकारक हुन सक्छ। स्वास्थ्य विज्ञहरूका अनुसार यी मसलाहरूले वाकवाकी, बान्ता र पीडा निम्त्याउन सक्छ।

Thursday, September 19, 2024

सम्बन्धमा विश्वासघातका प्रकारहरू जसले आघात निम्त्याउँछ !

सम्बन्धमा विश्वासघात भनेको तपाईको ख्याल गर्ने व्यक्ति द्वारा धोका, चोट, वा त्यागको भावना हो। सम्बन्धमा धोका दिएको महसुस गर्नु भनेको चकनाचुर विश्वास र कमजोरीको परिणाम हो ।

सम्बन्धमा विश्वासघात परिभाषित गर्न गाह्रो छ किनभने त्यहाँ धेरै रूपहरू छन्। साथै, व्यक्तिपरक व्याख्याको कारणले एक साझेदारले विश्वासघातको रूपमा हेर्ने कुरालाई अर्कोले विश्वासघातको रूपमा हेर्न सक्दैन। त्यसोभए, प्राप्त गर्ने अन्तमा व्यक्तिको लागि दर्दनाक हुने सम्बन्धमा विश्वासघातका विभिन्न प्रकारहरू अन्वेषण गरौं: 


सम्बन्धमा वेवस्ता : सम्बन्ध काेही कसैसँग शारीरिक वा भावनात्मक घनिष्टता हुनु हाे। यस प्रकारको विश्वासघातले धेरै चोट पुर्‍याउँछ किनभने यो विश्वासको निर्विवाद उल्लङ्घन हो जुन रोमान्टिक सम्बन्धहरूमा धेरै महत्वपूर्ण छ। 

चाहे त्यो शारीरिक वा भावनात्मक बेवफाई हो, एक पटकको घटना हो, वा चलिरहेको सम्बन्ध हो, विश्वास र सीमाहरू उल्लङ्घन गरिन्छ। "बेवफाई भनेको आफ्नो पार्टनर बाहेक अरू कसैसँग सुत्नु मात्र होइन। यो पनि हुन सक्छ जब तपाईं सेक्सटिङमा समात्नु हुन्छ, यसले दिमाग, शरीर र आत्मामा प्रभाव पार्न सक्छ। सम्बन्धमा पार्टनरले दिएकाे धोकाले तपाईंलाई असहाय, अस्थिर र असुरक्षित महसुस गराउँछ।  

तोडिएका वाचाहरु: जब एक साझेदार लगातार प्रतिबद्धता तोड्छ, यो तिनीहरूलाई विश्वास गर्न गाह्रो हुन्छ। परिणामस्वरूप भावनाहरू असुरक्षा, निराशा, र भविष्यमा विश्वासघातको आसन्न भावना हो।  

झूट र धोका:  सम्बन्धमा जसले धोका दिन्छ, सत्य बोल्दैन ती सम्बन्ध अगाडि नबढेकै राम्रो हुन्छ । यस्ता धेरै सम्बन्ध छन्, अहिले  झुट बोलेर धोका दिने गछन्। यस्ता मानिसको बेइमानी बानीले आत्मविश्वासलाई चकनाचुर पार्छ र शंकाको वातावरण ल्याउँछ । 

सम्मानको कमी: जुन सम्बन्धमा भावनात्मक विश्वासघात हुन्छ यसकाे लगातारको चोटले उनीहरूको पहिलेदेखि नै कमजोर सम्बन्धमा केही ठूलो क्षति पुर्‍याउछ। 

आर्थिक विश्वासघात: साझेदारले धोका दिएको महसुस गर्नेछ आर्थिक बेवफाईरोमान्टिक सम्बन्धमा तनाव, असन्तुष्टि, र असुरक्षाको परिणामस्वरूप

भावनात्मक दूरी: भावनात्मक विश्वासघातको अर्को क्लासिक रूप धाेका हाे । 

Friday, June 24, 2022

मेरा बा मेरा असल साथी

 


तपाईलाई थाहा छ, केहि कुराहरु हुँदा रहेछन, जुन सत्य भए नि पत्यार नलाग्ने ! खै कुन्नि किन हो – आफ्नै आँखा अघि, आफ्नै सामुन्नेमा भएको घटना तर नि अह विश्वास नै हुँदैन ! जबरजस्त विश्वास गर्नु परेको छ – यो सत्यता लाइ !  सम्झी सम्झी रुन मन लाग्ने ! मनै त हो ! सत्य अनि आफ्नै सामु भएको घटना लाइ विश्वास गर्न ÷ पत्याउन नसके पछी ... मन त्यसै भाच्चिएर भक्कानिदो रहेछ ... नसुक्ने हिम नदि झैँ घरि घरि नयन देखि शयन सम्म रुझ्ने आशुको दलिन असार साउनको भेल भै आइदिदो रहेछ – आफैले थाहै नपाइ !

जव बा हास्दा हाँदै हिड्दा डुल्दै यो संसार छाड्नु भयो.. लाग्यो पुरै संसारै अँधेरो भो ! सपना हो कि यो विपना हो ? अब मैले बुवा भनेर वोलाउन पाउने छैन ! कसलाई बुवा भन्ने ? अब हाम्रो बा’ रहनु भएन ! अब मेरो परिचय बदलिएको छ – टुहुरो झैँ भएको छु ! होइन होला ... मेरो बा’ अझै जीवित हुनु हुन्छ हैन कतै हुनु हुन्छ होला ... यस्ता कुराहरुले  वि.स. २०७४ सालदेखि मेरा मानसपटलमा हरदम बुझाइरहन्छ !

हरेक कुरामा आफुलाई केयर र मोटिभेट गर्ने मेरा बा’लाई म उहाको सामिप्यमा त्यति नरहे पनि  केहि वर्ष अघि देखि मैले उहा लाइ केयरिंङ्ग र मोटिभेट गर्दै आएको थिए ! जस्तो कि ... मान्छेका छोरा छोरी लाई बा आमाले कति सम्झाउनु पर्छ ... यस्तो गर, उस्तो नगर भनेर ..अनि तर म त उल्टै पो बा’लाइ सम्झाइ–बुझाई गर्थे,  तपाइले दुःख मान्ने कुरै छैन नि ! आफ्नो  स्वास्थ्यको ख्याल गर्नुस है.. वढी चिन्ता नगर्नु  ...
       मेरा बाट पहिलेदेखि नै दुखमा खेल्दै हुर्कदै आएका रे ९ बर्षको हुँदा आमा गुमाएका मेरा बा निकै सोझो र इमान्दार । बा का नि आफ्नै इच्छाहरु थिए म सँग टाढा टाढा घुम्न जाने । जिस्तोः प्लेन चढेर यात्रा गर्ने, मर्नु अघि छोरीको (म) को विहे गर्न पाए ढुक्क हुने थिए अरु सबैको भो .. आदि आदि ! थाहा छैन कसरी उहा अक्सर भन्ने गर्नु हुन्थ्यो ५०–५५ को हाराहारीमा मर्छु भनेर !

बा चाडै चढे तर प्लेन होइन भगवानको घर जाने यात्रामा । बा का सपना म सँग घुम्ने सबै अधुरै रह्यो । म सँग देश डुल्न बा जान सक्नु भएन .. जुन उहाको इच्छा अधुरै रह्यो तर आमा लाई मात्रै भए’नी प्लेन चढाएरै छोडे । उपचारकोे बहानामा ।।    
बा मलाई बारम्बार भन्ने गर्नुहुन्थियो अब म धेरै बाच्दीन होला विहे’गर भन्नु हुन्थ्यो तर म भने उमेर, करिअर आदि कारण देखाउदै पन्छिदै आएकीे थिए ... मलाइ लाग्दैन थियो बा’ यदि चाडै दिवंगत हुनु होला भनेर ।
मेरा बा तेसो त उमेर र स्वास्थ्य अवस्था हेर्दा त्यस्तो नाजुक पनि थिएन ! तर उहा भन्ने गर्नु हुन्थ्यो ५०–५५ को हाराहारीमा मर्छु भनेर – तर यो भने ठ्याकै भयो उहा ५४ वर्ष पुरा मात्र हुन् पाउनु भयो !
        मेरा बा का ६ सन्तानपछिको लास्टमा जन्मिएकी म । अहिले नि ३ दाजु दिदी नभए नि २ दाजु र एक दिदि हुनुहुन्छ अरुको लागि त कतिको हुनु हुन्थ्यो त्यो त थाहा भएन तर मेरो लागि भने हौसला र प्रेरणादायी नै हुनु हुन्थ्यो मेरा बा भन्ने कुरा कुनै दुइमत थिएन !
थाहा छैन मेरो कारणले मेरा बा’ जीवनमा कतिको खुशी हुनु भएको थियो भनेर तर दुःख नदिए पनि प्रत्यक्ष रुपमा मेरै कारणले औधि छाती चौडा पार्ने गरि खुशी हुनु भएको मैले देख्या थिए ।    
       बाको सबै भन्दा प्यारो सन्तान म नै थिए ! हुन् त कुनै पनि अभिभावकले आफ्ना सबै सन्तान लाई समान नै ठान्लान तर नि पहिलो प्राथमिता भने मैले पाउने गर्थे ! सायद कान्छी छोरी परेको ले पो हो कि ?  काममा पनि धेरै नै जोगिन्थे !  तर बासँग लामो समय सँगै विताउने सौभाग्य भने कहिल्यै पाइन् मैले !        
  अहिले समय गतिशिल हुँदै आफ्नै दौडमा दोडी रहेको छ । यति बेला बासँग विताएका पलहरु, उहाको आदत र उहाले भन्ने गरेका कुराहरु अब सम्झनामा मात्र छन् !   
तेसो त औशीको छेको पार्दै बाको मुख हेर्ने दिन भनेर छुट्याईदिएका छन् हाम्रा पौराणिक हिन्दु धर्मग्रन्थले । समाज व्यवस्था विकसित हुँदै जाँदा मानिस विवेकशील प्राणी भएकैले आफ्ना बुद्धि विवेक कल्पनाको मूर्त रुप दिने क्रममा परिवार पहिलो प्राथमिकताभित्र पर्यो । लाग्छ नि बा आमा सन्ततीका जन्मदाता हुन् र सधैं छोराछोरीको लागि बा आमा दिवस भनेर । तर पनि संगै रहँदा बस्दा बा आमाको मूल्यमा हृास आयो कि भनेर फेरि झसङ्ग बनाउन र एकैदिन भएपनि बा आमासंग मुख हेराहेर गर्न भनेर पो यस्तो चाड राखियो कि । खै जे होस आमाको मुख हेर्ने दिन अनि बाको मुख हेर्ने दिन भनेर वर्षमा एकचोटि यो संस्कृति मनाउँछौं हामी ।

आमाहरुका प्रसव लगायतका शारीरिक वेदना र सामाजिक बिभेदका वेदना एकातिर पन्छाएर बाहरुका बा हुनुका वेदना पनि के कम होलान र ? हिन्दु संस्कतिको समाजका निम्नवर्गीय ब्राम्हण समुदायमै पनि बाहरुले जीवनका कठिन समय भोगेकै हुन् । पुरुष हुनुले एकप्रकारको जिम्मेवारीको बोझ उठाएकै हुन् बाहरुले । पुरुष हुनुको गलत सुविधालाई अप्नाएर कतिपयले परिवारमा श्रीमती र छोराछोरीलाई दुःख दिदा बाप्रति निराशभाव आउने सन्तान पनि हाम्रो समाजमा थुप्रै छन् । तर समग्रमा हेर्दा सन्तानका लागि बा आमा उतिकै अर्थ राख्छन् ।  

एक आम मान्छे, त्यसमाथि पनि जीवन गुजारा गर्नको लागि संघर्ष गर्नुपरेको मान्छेभित्र त्यो मान्छे हुन् मेरा बा जस्तो सुकै उतार चढाव र स्वभाव हुन्छन ती मेरा बामा पनि थिए । भावुक, दयालु, प्रष्ट र ठूलो आवाज यी हाम्रा बाका विशेषता हुन् । साना बालबालिकालाई माया गर्ने छुट्टै विशेषता बाबाट मैले नै सिकेकी हुँ ।
मेरा त बा छैनन,,,,, यदि तपाईका बा छन् भने, बासँग कुरा गरौं, बालाई प्रश्न गरौं । बालाई सहयोग गरौं, बासँग पनि सहयोग मागौं । यति गर्दागर्दै बालाई सम्मान पनि गरौं । यसो गर्दा  जीवन चक्र घुमाउन सहज हुनेछ । कुशे औंशी आउँदै गर्दा बुवाको मुख हेर्ने दिनको सबैलाई धेरै धेरै शुभकामना ।



Monday, May 23, 2022

पोखरा त साँच्चिकैको पोखरा नै रैछ !!!

माछापुछ्रे फेवातालमा पौडी खेल्दो रैछ !!

पोखरा त साँच्चिकैको पोखरा नै रैछ !!!

सायद यी गीतका लाइनहरु त्यसै कोरिएका रहेन छन् । यस गीतमा कुनै बनावटी तथा कल्पनामा डुबेर शब्दहरु सिर्जना गरिएका छैनन् । गरिएको छ त यथार्थ अनि नितान्त पोखराको चरित्रको बयान । पोखरा भन्नेबित्तिकै जाउँ जाउँ नलाग्ने कस्लाई पो होला ? आन्तरिक तथा बाह्य पर्यटकका लागि पोखरा रोजाइमै पर्छ ।

बाल्यकालदेखि किताबमा पढ्दै र सुन्दै आएको मेरो रहरको शहर थियो पोखरा । म पोखराको यात्रा भने धेरैपटक तय गरेर पनि पुग्न नसकेको शहर थियो । केही समय अघि यसैक्रममा केही दिनको तनाव र दौडधूपलाई विश्राम दिन राजसँग अप्रत्यासित मेरो यात्राको गन्तव्य बन्यो पोखरा ।

धेरैपटक शुभसाइत जुराएर पोखरा जाने रहर मनमा पालेको म यसपालि भने रहरको शहर पोखरा राजको निम्तोमा पुगेँ । काठमाडौंको कोलाहलमा बसेकी म पोखरा जाने त्यो निम्तोले खुशीको सिमा रहेन । रुमबाट दिउँसो साढे १ बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको आन्तरिक हवाइ उडानको यात्रा तय गर्न विमानस्थल तिर लागे । 

उहानको जब समय भयो अनि बुद्ध एयरमा चढेपछि त्यो दिन म आफूभित्र आफैं कति हर्षित थिएँ जहाँ राज अनि पोखरा । त्यो क्षण शब्दमा व्यक्त गर्न त कहाँ सकिएला र ? त्यो दिन आकाशमा बादलुको घुम्टोसँगै खेल्दै खेल्दै करिव २५–३० मिनेटको हवाइ यात्रापछि पुगे सपनाको शहर पोखरा ।

अरुको मुखबाट सुनेको अनि किताबमा पढेको पोखरा साँच्चिकै कस्तो होला ? अनेकौं जिज्ञाशामाझ यात्रामा समावेश हुँदै गर्दा विस्तारै विस्तारै धैर्यताका बाधहरु फुट्ने र वास्तविक पोखरालाई आफ्नै आँखाले नियाल्ने सौभाग्य प्राप्त हुँदै थियो राजको निम्तोमा । हजारौ हावाको वेगमा सयौं किलोमिटर, हजारौं घुम्ती छिचोल्दै म दिउँसोको साढे ३ बजे पोखरालाई चुम्न पुगे ।

पोखरालाई हेर्ने लाखौं रहर पालेको म जब पहिलोपटक पोखरामा पाइला राखे, सायद त्यो क्षण मैले आफैंले आफैलाई भुले कि जस्तो भान हुन्थ्यो । तर साथमा साथ एर्पोट मलाई लिन आइसकेको थियो । 

वरिपरि चारैतिर हरियाली डाँडा, उत्तरमा सेतो हिमाल चिसो वातावरण आहा त्यतिबेला मैले सोचेँ सायद स्वर्ग नै पोखरा पो हो कि ? डेभिड फल्स, महेन्द्र गुफा अझ बढी फेवातालमा डुंगामा सयर ... 

 म पुगेकै त्यो दिन पानी परेपनि पर्यटनको घुइचो भने यथावत नै थियो । तर लेकसाइड आसपासमा पानीले पैदल यात्रीलाई यात्रा गर्न निकै कष्टकर भइरहेको दृश्य यत्रतत्र छताछुल्ल देखिन्थे ।

मेरो यात्राको त्यो पोखरा प्रस्थान अघि राजले नै घुम्ने सेडुल बनाइएकाले हाम्रो पहिलो सेडुलमा डेभिड फल्स (पातले छाँगा) परेको थियो ।

राजले मलाई एर्पोटबाट सिधै होटलतर्फ लगेपछि । होटल पुगेर फ्रेस भएपछि खाजा खाएर डेभिड फल्सतिर हामी लागेउ ।  मलाई देखेर भेटेर खुशी मुद्रामा रहेको मेरो साथी राज र म त्यो स्थानमा पुग्नका लागि बेग्र आतुर थियौ ।

जब डेभिड फल्स हेर्नका लागि टिकट लिएर गेटभित्र प्रवेश गरियो सायद मैले पहिलोपटक स्वर्ग अनुभव गर्न पाएँ । मौलिक शैलीमा निर्माण गरिएको बगैंचा, हिमाल तथा पहाडहरुको आवरणले मेरो मनै लोभ्यायो । लाग्थ्यो सायद अब म यो स्थान छाडेर कही अन्त जाने छैन । त्यसै बेला राजले जाउ अब भन्दा मैलै भनेकी थिए, म यहीँ रहन छु, यहीँ रमाउ छु, कही जाने छैन तिमी जाउ ।

यस स्थानको विशेष महत्वचाहिँ झरना रहेछ । फेवातालबाट आएको पानी छाँगाबाट झरेको तर अलि यता आउँदा पानीको आवाज आउने तर पानी नदेखिने गहिरो खोच रहेछ । समय छोटो भएका कारण केही समय अवलोकनपश्चात हामी डेभिडबाट बाहिर निस्कियौ । 

अब चाहि हाम्रो यात्राको दोस्रो सेडुलमा गुप्तेश्वर महादेवको मन्दिर थियो । सायद यस्तो विचित्र ठाउँ मैले आजसम्म कतै देखेको थिइन जो त्यहाँ देखेँ । बाहिरबाट हेर्दा असामान्य लाग्ने त्यो गुफा भित्र पुग्दा अचम्म लाग्दो रहेछ । करिब १०० मिटर जमिनमुनि कडा चट्टानबीच बनेको सुरुङ । आश्चर्य मान्दै अवलोकनमा सरिक भइयो । गुफाबाट बाहिर निस्कँदा मैले केही फरक अनुभूति गरेँ र राजलाई भने कस्तो राम्रो है कति आनन्द लाग्ने नि ।

लाग्छ यो ठाउँ भगवान बस्ने महासंग्राम नै रहेछ । धार्मिक दृष्टिकोणले पनि यो स्थान महत्वपूर्ण मानिने रहेछ । गुफाभित्र ठाउँठाउँमा भगवान शिवको मन्दिर स्थापना गरिएको रहेछ । गुफाको अन्तिम स्थानमा पुग्दा पानी झरेको आवाज आइरहेको थियो । सायद त्यही डेभिड फल्सबाट आएको पानी यो गुफा भएर बग्ने भएका कारण आएको हो । हेर्दा नदेखिने तर प्रस्ट पानी बगेको सुन्न सकिन्थ्यो ।

गुफामा प्रवेश गर्ने मुख्यद्वारमा मौलिक शैलीमा भगवानहरुका प्रतिमा कोरिएका थिए । जसले जोकोहीको पनि ध्यान खिच्न सफल भइरहेका थिए । स्वदेशी तथा विदेशी आगन्तुकहरुको भीडका कारण भित्र जाँदा र निस्कँदा भने केही असहज भइरहेको थियो ।

तेस्रो यात्रा हाम्रो फेवाताल

फरक परिवेश, वातावरण रमणीय स्थानहरुसँग मित लगाउँदै अगाडि बढेको म जब फेवातालको आँगनीमा पहिलो पाइला प¥यो तब मलाई माथि उल्लेखित गीतले बारम्बार झस्काइरह्यो । साँच्चै गीतमा भनिए जस्तै माछापुच्छे्र हिमाल त फेवातालमै पौडी खेल्ने रहेछ । अलिक साँझको समय भएका कारण ताल वरपरका बस्तीहरुमा झिलिमिली बलेका बत्तीका कारण ताल झनै सिंगारिएकी दुलहीजस्तै देखिन्थ्यो ।

आन्तरिक तथा वाह्य पर्यटकले भरिभराउ फेवातालमा कोही डुंगा चढ्न आतुर थिए । हामी नि पानी पर्दै थियो डुंगा चढ्न आतिरहका थियौ । तर यसको सबै बन्दोबस्त राजले मिलाएको थियो । किन कि उसको हरेक कार्यक्रम पर्दा उ गइरहेने र परिचित ठाउँ हो पोखरा । 

साँझ पखको समय कोही फोटो तथा सेल्फी खिच्दै डुंगा सयर गर्दै थिए । भीड धेरै भएका कारण हामी केही समय तालको किनारमा फोटो खिच्दै रमाइलो गर्दै बितायौं । केही समयको प्रतीक्षापछि डुंगामा सयर गर्ने मेरो बेग्र प्रतीक्षा पूरा भयो ।

राजले मलाई ठूलो पानी परेको बेला डुंगामा सयर गर्दै गर्दा भन्दै थियो, ठूलो हो त आफैंले आफैंलाई खुशी राख्नु खुशी भएर इन्जोए गर । सायद जीवनमा पहिलोपटक मैले आफैंलाई आफैंले भरपुर खुसी राखेको क्षण नै यही थियो त्यो । सभ्य संस्कार, मनै लोभ्याउने संस्कृति, अनुहारजस्तै व्यवहार राम्रा भएका मानिसहरु भेटिने ठाउँका रुपमा पोखरालाई मैले लिएको थिए ।

तालबाराही मन्दिर परिसरमा म केही समय रहे त्यहाँ रहँदा मैले फोटो, भिडियो र मन्दिरबारे लेखिएका शिलालेखहरुको अवलोकन गरेँ । पानी पररहेको थियो । वरिपरि आँखाले हेरेर भ्याउन नसकिने तालको बीचमा रहेको आश्चर्यजनक यो मन्दिर धार्मिक र सांस्कृतिक धरोहर पनि हो । एकछिनको पर्खाइपछि मन्दिरको अवलोकनपश्चात फेरि डुंगा चढेर तालको किनारमा हामी फर्कियौँ ।  

डुंगाबाट झरेपश्चात रात्रिकालीन समयमा आरति ताप्ने चलन रहेछ मैले पनि आरति तापेँ । जसपश्चात हामी लेकसाइडको रात्रिकालीन दृश्य हेर्न अगाडि बढ्यौं । झिलिमिली बत्तीले पोखरालाई स्वर्गको उपममा सिंगारी रहेका थिए ।

रात्रिकालीन दृश्य झनै मनमोहक थिए । फेशनेवल कपडामा सजिएका सयौं परीहरु सडकपेटीमा यत्रतत्र देखिन्थे । राज जिस्किदै भन्दै थियो आज म यतै कतै बसौ कि क्या हो ।

लाग्छ जहाँ कुनै ठूलै मेला लागिरहेको छ । दिनभर सुन्दर नगरी पोखरालाई आफ्नै समिपमा राख्दै पोखराकै छातीमा टाँसिएर रमाइलो गरियो । अबेरसम्म लेकसाइड घुमेपछि लाग्थ्यो साँझ झमक्क परेको रात अर्थात् सुहागरातमा बलेको मधुर बत्तीझै पोखरा बलिरहेको छ । तत्पश्चात म खाना खानका लागि होटलतर्फ लागे । डेभिड फल्स, गुप्तेश्वर महादेव, फेवाताललगायत अन्य धेरै ठाउँको अवलोकनपश्चात समय छोटो भएका कारण मैले यात्रा छोट्याउनु पर्ने भयो । अर्थात् फर्कनु पर्ने । समय अभावका कारण केही घुम्नै पर्ने ठाउँहरु छोडिए ।

 लाग्थ्यो मेरो मुटु नै यतै कतै हरायो । भौतिक शरीर त गाडीको सिटमा लम्पसार थियो तर मन, मस्तिष्क भने पोखरामै छुट्यो । विरानो यो शहरका मान्छेहरु तर पनि आफ्नै कोही खास छुटे झै महशुस भइ रहेको थियो । लाग्थ्यो सधैंका लागि यतै बसौं । बाँकी जीवन पोखराको काखमै बिताऔं । तर वास्तविक म र पोखरामा धेरै अन्तर थियो ।  

केही समयमै मेरो सपना अनि रहरको शहर पोखरा र राजसँग बिदा भएर मेरो यात्रा काठमाडौंतिर लाग्यो । पोखरा दृष्टिबाट हराउँदै गर्दा लाग्थ्यो दिल खोलेर बिदाइ गरिरहेको छ । आउनेलाई स्वागत ।    


जीवन र समय एउटै रथका दुई पांग्रा

हामी सबैको लागि समय अमुल्य छ । समय कसैलाई पर्खदैन । समय सबैको लागि बराबर हुन्छ । समय बितेको पत्तै हुँदैन । समयको सदुपयोग गरे धेरै कुरा गर्न सकिन्छ ।  

समय सत्य हो, भ्रम हैन । समय हामीले भोगेको, भोगिरहेको र भोग्ने कालखण्ड हो । समय विगत, वर्तमान र भविष्य पनि हो । समय अदृश्य छ, तर शक्तिशाली छ । अहिले भर्खर यो हरफ लेख्दालेख्दै मेरो वर्तमान विगतमा परिवर्तन भयो । हो, हाम्रो वर्तमान छिनभरमा विगत हुन्छ र इतिहासमा परिवर्तन हुन्छ । मैले यो लेखको पहिलो अनुच्छेद लेखेको त्यो क्षण अहिले नै विगत गयो, त्यो समय फेरि फर्केर आउँदैन ।

जीवन बाँच्ने वर्तमानमा हो । जीवनमा हाँस्ने वर्तमानमा हो । जीवनमा केही गर्ने वर्तमानमा हो । यो अर्थमा भन्ने हो भने हामी सधै वर्तमानमा बाँचेका हुन्छौं । त्यसैले त हामीले आफ्नो लागि केही सोच्ने यही वर्तमानमा हो । आफ्नो समयको भरपूर सदुपयोग गर्ने पनि यही वर्तमानमा हो ।  

स्मृतिमा मात्र रहने विगत सबैको लागि पाठ हो । समयले सिकाएको पाठ । विगत कहिले सफलताको सिंढी चढेर सिक्ने पाठ हो भने कहिले भर्याङ्गबाट भुइँमा खसेर सिक्ने पाठ हो ।  

आफ्नो लागि समय दिने भनेको वा आफ्नो बारेमा सोच्ने भनेको आफ्नो व्यक्तिगत सबै कुराहरु जस्तै काम, जिन्दगी, विगत, वर्तमान आदिको बारेमा एकान्तमा बसेर आफैले मुल्यांकन गर्ने हो । म स्वयंले आफ्नो र अरुको लागि के गरे ? के गर्न गर्न सकिन ? के कुरा कसरी गर्न सकिन्छ ? आदि बारेमा चिन्तन र मनन गर्नु हो । सफलताको महत्वपूर्ण धेरै सुत्रहरु मध्ये यो पनि एक सुत्र हो ।

साथमा हाम्रो जीवन र समय बारे भन्नु पर्दा जीवन र समय भनेको एउटै रथका दुई पांग्रा हुन् । समयको साथसाथै जीवन पनि बितिरहेको हुन्छ । समयको आफ्नै सिमा, आफ्नै गति हुन्छ, साथमा निश्चल र निष्पक्ष पनि । उसलाई धनी–गरीब, शक्तिवान, रुपवान, रोगी–निरोगी, कसैको केही परवाह हुँदैन । 

दिनरात हुँदै समयले कसैलाई पर्खेर बसेको हुँदैन । समय नै फूल, समय नै काँडा भनिन्छ । “पुरुषको भाग्य र स्त्रीको चरित्र कुन बेला कुन रुप लिने हो ? देवताले पनि केही भन्न सक्दैन रे ।” समय किन्न सकिन्न, तर गुमाउन सकिन्छ । समय रोक्न सकिन्न, तर उचित प्रयोग गर्न सकिन्छ । समय कहिले स्थिर रहँदैन, पृथ्वी मात्र घुमेको हुन्छ । सूर्य कहिले न अस्त हुन्छ, न उदय बरु पृथ्वीमात्र घुमेकोले सूर्यको तेजशक्ति जहाँ पर्छ, त्यहाँ दिन, जहाँ पर्दैन त्यहा रात हुँदै अन्धकार हुन्छ । 

त्यस्तै यसरी नै समयको गतिसंगै सूर्यपनि तलमाथि, तलमाथि भएको हुन्छ । जब समयनुसार सूर्य माथि गएको बेला पृथ्वीमा सूर्यको तेजशक्ति टाढिन गई जाडो मौसम सुरु हुन्छ र नजिक भई गर्मी मौसम शुरु हुन्छ । यस्तै समय कै अस्थिरताले नै ग्रह राशी पनि घुमिरहेको हुन्छ । त्यसै अन्तर्गत हामी प्राणी जातिको दिन दशा ग्रह पनि घुमिरहन्छ । कहिले सुख त कहिले दुःख । समयकै खेलले हाम्रो सोचाइ–विचार पनि परिवर्तन हुन्छ  ।   

मानिसको हरेक यात्रा आजबाट नै  शुरु हुन्छ । भोली भनेर कुर्ने हो भने कुनै काम नै शुरु हुँदैन । सफल जिन्दगीको लागि आवश्यक कदम अहिले नै आफैले चाल्ने हो । त्यसैले आफ्नो जिन्दगीको हरेक पल आफ्नै लागि हो ।  


सौराहामा आन्तरिक तथा बाह्य पर्यटकहरुको चहलपहल

कोरोना कहरपछि चितवनको सौराहामा आन्तरिक पर्यटकको घुईचो लाग्न थालेको छ । करिब दुई बर्षदेखि सुस्ताएको नेपालकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा यतिबेला आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको छ । कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोनको प्रभाव कम हुँदै गएपछि चितवनको प्रमुख पर्यटकीय केन्द्र सौराहामा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकहरुको भीडभाड बढ्दै गएको हो ।

आन्तरिक पाहुनाका कारण सौराहाका पर्यटकीय गतिविधि यतिबेला चलायमान बन्न थालेको होटल व्यवसायी एवं पार्क सफारी रिर्सोटका प्रबन्ध निर्देशक महेश खनाल बताउँछन्। होटल रेष्टुराँमा छुट र हात्ती सफारीमा घुम्ने समय थप गरेर भएपनि व्यवसायीले पर्यटन क्षेत्र चलायमान बनाउने प्रयास गरेका हुन् । शुक्रबार र शनिबारको दिन सौराहामा आन्तरिक पर्यटकको राम्रै चहलपहल देखिने व्यवसायी खनालले बताए।

गाँस, बास र कपासको आवश्यकतापछि अर्को मानवीय आवश्यकता हो, मनोरञ्जन । जीवनमा हरेक
मान्छेले मनोरञ्जन लिने तरिका फरकफरक हुन्छ । ती मनोरञ्जनका तरिकाहरु मध्ये एक हो, भ्रमण । पछिल्लो समय नेपालीहरूले  व्यस्त जीवनबाट केही समयको लागि छुटकारा पाउन मनोरञ्जनका लागि भ्रमण गर्ने, नयाँ नयाँ ठाउँहरु घुम्ने चलन बढिरहेको छ । अलिकति छुट्टीको समय सदुपयोग गर्न पनि देशभित्र कै विभिन्न स्थानहरुमा आन्तरिक भ्रमण गर्न नेपालीहरु जाने क्रम बढ्दो छ ।

“नजिक पनि, रमाइलो स्थान पनि । यहाँको प्राकृतिक विविधताले नै मन आनन्द बनाउँछन्, नत्र अन्त घुम्न कहाँ जाने ? उनले भने ।

त्यस्तै प्रकृतिमा आधारित पर्यटकहरुको संख्या पनि बढ्दै गइरहेको छ । चितवन राष्ट्रिय निकुञ्ज, जैविक विविधताले भरिपूर्ण पर्यटकीय हब नै बनेको छ । जल, जंगल र जनावरको संगमस्थल हो, पर्यटकीय नगरी सौराहा । जहाँ एकसिंगे गैडा, बाघ, हात्ती लगायतका अन्य जंगली जनावरको बाक्लो बासस्थान छ ।

प्राकृतिक स्रोतले भरिपूर्ण भएको स्थान मध्ये एक हो, चितवन राष्ट्रिय निकुञ्ज । अहिले गर्मी बढ्दै रहँदा आन्तरिक पर्यटकले भरिभाउ नै हुन्छ सौराहा । भ्रमण गर्न लायक स्थानहरु मध्ये एक हो चितवनको सौराहा । काठमाडौं र पोखरापछि, सौराहा देशकै तेस्रो प्रमुख गन्तव्य बनेको छ। प्रकृतिसँग नजिक हुन चाहने जो कोहीलाई सौराहाले तान्छ। मनै लोभ्याउँछ ।

यतिबेला जंगल सफारीमा आधारित पर्यटकहरुको रोजाइ चितवनको सौराहा बन्ने गरेको छ । चितवन राष्ट्रिय निकुञ्ज र त्यस वरपरका मध्यवर्ती क्षेत्रमा हात्ती सफारी, डुङ्गा सफारी, जीप सफारीका माध्यमबाट विश्वकै दुर्लभ एकसिंगे गैंडा, बाघ, भालु, जरायो, मृग, चितवन, कालिज, मयुरलगायतका चराचुरुङ्गी हेर्नका लागि पर्यटकहरु सौराहा आउने पर्यटन व्यवसायी खनालले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्जका अनुसार कात्तिक महिनापछि सबैभन्दा पर्यटकका लागि भ्रमण गर्ने सिजन भएकाले भीडभाड बढ्ने गर्छ । न जाडो न त गर्मी मौसम भएकाले पनि यतिबेला नजिकैको घुम्न जाने ठाँउ सौराहा बनेको छ । शुक्रबार र शनिबार ९० प्रतिशत भन्दा बढी अकुपेन्सी हुने तथा अरु बेला पनि ५० प्रतिशतको हाराहारीमा होटल बुकिङ हुने गरेको पर्यटन व्यवसायी खनाल बताउँछन् । “नजिक पनि, रमाइलो स्थान पनि । यहाँको प्राकृतिक विविधताले नै मन आनन्द बनाउँछन्, नत्र अन्त घुम्न कहाँ जाने ? उनले भने ।

सौराहामा पर्यटकलाई आकर्षित गर्न वन्यजन्तु विचरण भइरहेको दृश्य अवलोकनको लागि विभिन्न स्थानहरूमा टावर निर्माण, जीप सफारी, पैदल यात्रा, डुङ्गा विहार, हात्ती सफारी आदि सेवाहरू निरन्तर उपलब्ध छन् । सौराहा संग्रहालय, गोही संरक्षण तथा प्रजनन् केन्द्र, हात्ती प्रजनन् केन्द्र, थारु सांस्कृतिक सूचना केन्द्रको स्थापना, होमस्टेको शुरुवात र सञ्चालनले पर्यावरण–पर्यटन व्यवसाय प्रबद्र्धनमा टेवा पुगेको छ ।

व्यवसायीहरू पर्यटकलाई सेवा र मनोरञ्जन दिन प्रतिस्पर्धात्मक रूपमै लागिपरेका छन् । सौराहामा वर्षैभरि नै घुम्न सकिन्छ । त्यसैले सौराहा घुम्न कम्तिमा दुई रात छुट्टयाउनु पर्छ। मनसुनको हरियालीमा जंगलमा धेरै जनावर देख्न सकिन्छ। सौराहासम्म देशका धेरै भूभागबाट यातायात साधनमा जान सकिन्छ। सौराहामा ठूला साना १४० होटल छन् भने करिब ५० रेष्टुराँ सञ्चालनमा रहेका छन् ।

सौराहा, घटगाई, कसरा, वनकट्टा, भिम्ले ९मेघौली०, कुजौली, लौखानी र अमलटारी गरी ८ स्थानबाट पर्यटकहरूले निकुञ्ज प्रवेश गर्ने सुविधा पाईरहेकोमा चालु बर्षदेखि बगई माडी सेक्टरबाट पनि पर्यटकहरूले प्रवेश गर्नुका साथै जंगल ड्राईभ गर्ने व्यवस्था निकुञ्जले मिलाएको छ । निकुञ्जका अनुसार सौराहा प्रवेशद्वारबाट सबैभन्दा धेरै ८५५ पर्यटकहरू निकुञ्ज भित्र प्रवेश गरेको देखिन्छ भने राप्ती पुलगेट कसराबाट ८५ पर्यटकहरूले, मेघौलीबाट ५५ र अमलटारी प्रवेशद्वारबाट २५ प्रतिशत पर्यटकरु निकुञ्ज प्रवेश गरेको छ भने अन्य प्रवेशद्वारबाट पनि पर्यटकहरू निकुञ्ज प्रवेश गरेको तथ्याङ छ ।

Tuesday, September 29, 2015

संरक्षणमा कलम चलाएर नथाकेका पत्रकार हरितटोल निर्माण अभियानमा



;संरक्षण snd rnfP/ gyfs]sf kqsf/ xl/t6f]n lgdf{0f cleofgdf
s';'d la=s=
alb{of, c;f]h !# .

 b'O{ bzs eGbf j9L h}ljs ljljwtf ;+/If0fdf snd rnfPsf alb{ofsf kqsf/ /fs]z j:ofn kl5Nnf] ;do xl/t6f]n lgdf{0f cleofgdf h'6]sf 5g\ .

       u'nl/of gu/kflnsf j8f g+= ( l:yt junfd'vL dlGb/ u]6 lgs6 3/ ePsf j:ofn dlGb/df cfpg] eQmhgx?nfO{ k"hfsf] nflu km"n k|of{Kt xf]; eGb} xl/t6f]n jgfpg] cleofgdf nfu]sf x'g\ .
       dlGb/ j/k/ ;j}n] Knfli6shGo kmf]x/ km\ofSg] u5{g\ ;f] lbgx'F p7fP/ kmfNg] u/]sf] 5' j:ofnn] jtfP . Tolt dfq xf]O{g ldrfxf k|hftLsf kfy]{lgod emf/ klg pgn] pv]Ng] u/]sf 5g\ . ljif]z kj{ / cj:yfdf g]kfnL ;]gfn] klg dlGb/ j/k/ / kl/;/df ;/;kmfO{ u/]/ ;xof]u ug]{ u/]sf] pgn] jtfP . glhs}sf] 3/df 8]/fu/L j:g] k"j{ ;]gfsf v'dfgGb rf}w/Ln] j:ofnnfO{ ;3fpg] u/]sf 5g\ . 
       dlGb/sf] b'O{ tkmL{ af6f]df ljleGg k|hftLsf km"nx? /f]k]sf] 5' pgn] eg] . ljxfg j]n'sL kfgL xfNg] / km'ndf emf/ uf]8d]n ug]{ pgsf] b}lgsL jg]sf] jtfP . pgn] dlGb/ 6f]nsf :yflgox?nfO{ klg Knfli6shGo kmf]x/ gkmfNg cfu|x u/]sf 5g\ . lxpFb ;Dddf km'n 9sdSs km''Ng] cfzfdf 5g\ j:ofn oltv]/ . pgn] 6f]nnfO{ g} xl/t jgfpg] cleofgdf nfu]sf] jtfP .
       g]kfn kqsf/ dxf;+3sf k"j{ s]lGb|o pkfWoIf ;d]t /x]sf j:ofn kqsfl/tfsf] z'?jft ;Fu} h}ljs ljljwtf ;+/If0fdf snd rnfPsf lyP . pgn] snd dfkm{t xhf/f}+nfO{ ;+/If0fdf nfUg k|]/0ff ;d]t lbPsf 5g\ . lhNnfdf ;+/If0f kqsfl/tf ljsf;sf] O{ltxf;df j:ofnsf] 7"nf] of]ubfg /x]sf] :yflgo kqsf/x? jtfpF5g\ .
       lxhf] cfh pgL kqsf/Ltfaf6 gyfs]/ Pls[t ;+/If0f tyf ljsf; s]Gb| gfds ;+:yf dfkm{t ;+/If0f ub}{ cfO{/x]sf 5g\ . s[i0f;+/If0f If]qdf ;d'bfodf cfwfl/t s[i0f;f/ ;+/If0f sfo{qmd ub}{ cfO{/x]sf j:ofnn] ;+:yf dfkm{t u[lx0fL dlxnfx?sf] ;d"x jgfP/ gu/ ;/;kmfO{ cleofg klg yfn]sf 5g\ .
pgn] yk] ;+:yf dfkm{t u'nl/of gu/kflnsfnfO{ Kofli6s / r/f lzsf/ d'Qm If]q 3f]if0ffsf] cleofgdf 5' . gu/kflnsf, lhlj; nufotsf :yflgo lgsfon] cleofgdf ;xof]u u/] gu/jf;Lsf] clenfiff k"/f x'g] pgsf] j'emfO{ 5 . pgn] eg] :yflgojf;Lsf] k"0f{ ;xof]u kfPsf] 5' t/ :yflgo lgsfo eg] yfxf gkfP/ xf]sL s'g} ;xof]u u/]sf] 5}g .